दफा २९
विश्वविद्यालयको कोष
(१) विश्वविद्यालयको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः—
(क) नेपाल सरकारबाट सहयोग वा अनुदान स्वरुप प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संस्थाबाट चन्दा, दान, दातव्य र आर्थिक सहायता स्वरुप प्राप्त रकम,
(ग) अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार, निकाय, वित्तीय संस्था वा व्यक्तिबाट ऋण वा अनुदान स्वरुप प्राप्त रकम,
(घ) विद्यार्थी शुल्क बापत प्राप्त रकम,
(ङ) सम्बन्धन शुल्क बापत प्राप्त रकम,
(च) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिम विश्वविद्यालयले कुनै रकम प्राप्त गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(३) विश्वविद्यालयको कोषको रकम कार्यकारी परिषद्ले तोकेको बैड्ढमा खाता खोली जम्मा गरिनेछ ।
(४) विश्वविद्यालयको सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(५) विश्वविद्यालयको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।